Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, २७०० माथि उक्लियो नेप्से

2.46K
shares

काठमाडौं, १९ असार । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १०.९८ अंकले बढेर २,७०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ६४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।