शेयर बजारमा २०९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ असार २३ सोमवार १५:३७
shares

काठमाडौं, २३ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २२.३५ अंकले बढेर २,६८४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ५० करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा राप्ती हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३का लगानीकर्ताले ९.६६ प्रतिशतका दरले गुमाएका छन् भने ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.४९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, नेपाल फाइनान्सका लगानीकर्ताले ५.३९ प्रतिशतका दरले गुमाएका छन् भने समृद्धी फाइनान्सका लगानीकर्ताले ४.५९ प्रतिशतका दरले गुमाएका छन् ।
















