Dhulikhel Eco Banner new

रसुवा बाढी निरीक्षण गर्न अर्थमन्त्री पौडेल टोलीसहित प्रस्थान गर्ने

1.98K
shares

काठमाडौं, २४ असार । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल रसुवा जाने भएका छन्। उनीसँगै अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराई लगायतको टोली पनि रहनेछ। हेलिकोप्टर व्यवस्थापनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई पत्र पठाइसकेको छ।

गएको राति आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ। हालसम्म १८ जना बेपत्ता रहेका छन् भने २ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ९ जनाको उद्धार गरेका छन्।

बाढीका बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र डीएसपी हेम शाही गृह मन्त्रालयको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन काठमाडौंमा थिए। बाढीको खबर आएलगत्तै उनीहरूलाई जिल्लातर्फ जान सहजीकरण गरिएको गृह मन्त्रालयले जनाएको छ। उक्त गोष्ठीमा गृहमन्त्री रमेश लेखक पनि धुलिखेल पुगेका थिए।