Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ४५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.85K
shares

काठमाडौं,२५ असार । शेयर बजारमा ७ अर्ब ४५ करोडको कारोबार हुँदा राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४६करोड ७१ लाख कारोबार भएको हो ।

यसदिन बुटवल पावर कम्पनीको ३६ करोड ६७ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट ३५ करोड १८ लाख कारोबार भएको छ ।

त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स ३१ करोड ८५ लाख कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनी २८ करोड ४१ लाख कारोबार भएको छ ।