शेयर बजारमा ४९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ असार २५ बुधवार १५:२९
shares

काठमाडौं, २५ असार । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.९९ अंकले बढेर २,७०७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ४५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा ग्रिन विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.४१ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन एनएमबी हाइब्रिड फन्ड एलका लगानीकर्ताले ३.०१ प्रतिशतका दरले गुमाएका छन् भने पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले २.७७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, राप्ती हाइड्रोपावरका लगानीकर्ताले २.४४ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २.२९ प्रतिशतका दरले गुमाएका छन् ।
















