Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.63K
shares

काठमाडौं, २५ असार । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.९९ अंकले बढेर २,७०७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ४५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.२१ प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशतका दरले कमाएका छन् भने एनआईसी एशिया बैंकका लगानीकर्ताले ३.९३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सीईडीबी होल्डिंग्सका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले कमाएका छन् भने न्यादी हाइड्रोपावरका लगानीकर्ताले ३.७४ प्रतिशतका दरले कमाएका छन् ।