Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, २,७०० माथि उक्लियो नेप्से

2.41K
shares

काठमाडौं, २५ असार । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.९९ अंकले बढेर २,७०७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ४५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.२१ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, ग्रिन विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.४१ प्रतिशतका दरले गुमाएका छन् ।