Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

2.73K
shares

काठमाडौं, २९ असार । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.३५ अंकले बढेर २,७६२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ११ अर्ब ४१ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.५३ प्रतिशतका दरले गुमाएका छन् ।