Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? 

2.35K
shares

काठमाडौं,३० असार। नेपाली बजारमा सोमवार पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतवार प्रतितोला १ लाख ९२ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य सोमवार ४ सयले बढेर तोलामा १ लाख ९३ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मूल्य भने ३० रुपैयाँले बढेको छ । आइतवार तोलामा २ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार बढेर २ हजार ३१५ रुपैयाँमा कायम भएको छ ।