Dhulikhel Eco Banner new

सार्वजनिक संस्थानमा सरकारको झन्डै ४ खर्ब लगानी, विद्युत् प्राधिकरणमा सबैभन्दा धेरै

2.44K
shares

काठमाडौं, ५ साउन । सरकारले देशभरका ११८ सार्वजनिक संस्थानमा झन्डै ४ खर्ब रुपैयाँ लगानी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, जम्मा ३ खर्ब ९५ अर्ब १९ करोड ३४ लाख रुपैयाँ बराबरको लगानी ती संस्थानहरूमा गरिएको हो।

लगानीमध्ये संस्थापक शेयरमा ३ अर्ब ७३ करोड ६६ लाख, अग्राधिकार शेयरमा ९ अर्ब ७९ करोड, तथा अन्तर्राष्ट्रिय संस्थाको शेयरमा ११ अर्ब ७४ करोड रुपैयाँको लगानी छ।

विद्युत् प्राधिकरणमा सबैभन्दा धेरै
सबैभन्दा धेरै लगानी नेपाल विद्युत् प्राधिकरणमा १ खर्ब ८१ अर्ब ३३ करोड रहेको छ। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमा ६२ अर्ब ७४ करोड, नेपाल टेलिकममा १६ अर्ब ४७ करोड, राष्ट्रिय वाणिज्य बैंकमा १५ अर्ब ६३ करोड, र कृषि विकास बैंकमा १३ अर्ब ३० करोड रुपैयाँको लगानी देखिएको छ।

त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीमा १२ अर्ब ४७ करोड, नेपाल आयल निगममा १० अर्ब ९४ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषमा ९ अर्ब, नेपाल बैंक लिमिटेडमा ७ अर्ब ४९ करोड, र अन्तर्राष्ट्रिय मुद्रा कोषमा ६ अर्ब ५९ करोड रुपैयाँको लगानी भएको छ।