Dhulikhel Eco Banner new

हरियाली छाएको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.47K
shares

काठमाडौं, ६ साउन । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ८१.७७ अंकले बढेर २,९७४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन २० अर्ब ८ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा ट्रेड टावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन शिवम सिमेन्ट र सान्भी इनर्जीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, बिन्दवासिनी हाइड्रोपावरका लगानीकर्ताले ९.७६ प्रतिशतका दरले कमाएका छन् ।