शेयर बजारमा ८१ अंकको उछाल, एकै दिन २० अर्बको कारोबार
वि.सं.२०८२ साउन ६ मंगलवार १५:०७
1.57K
shares
shares

काठमाडौं, ६ साउन । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ८१.७७ अंकले बढेर २,९७४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन २० अर्ब ८ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा ट्रेड टावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, १ प्रतिशत एल.बी.बी.एल. डिबेन्चर २०८९का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ३.७४ प्रतिशतका दरले गुमाएका छन् ।



















