एनआईसी एशिया बैंकका ग्राहकहरुलाई एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
वि.सं.२०८३ वैशाख ९ बुधवार १७:३३
shares

काठमाडौं, ९ वैशाख । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा।लि। बीच ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि बैंकका ग्राहकहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा विभिन्न स्वास्थ्य सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट पाउनेछन्। भने, अपरेसन सेवामा ५ प्रतिशत र फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यो सुविधा डिजिटल भुक्तानीमार्फत मात्रै उपलब्ध हुनेछ, जसका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गर्नुपर्नेछ।
बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई स्वास्थ्य उपचारमा राहत पुग्नुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन हुने विश्वास व्यक्त गरेको छ।



















