सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१८
shares

काठमाडौं, ९ वैशाख । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.९५ अंकले घटेर २,८०४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ८१ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा पाल्पा सिमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि झापा इनर्जी लिमिटेडका लगानीकर्ताले १४.०८ प्रतिशतका दरले कमाएका छन् भने गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् ।



















