शेयर बजारमा १३८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१०
shares

काठमाडौं, ९ वैशाख । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.९५ अंकले घटेर २,८०४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ८१ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको होटल फरेस्ट इनका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.७५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी एशियन हाइड्रोपावरका लगानीकर्ताले ८.३८ प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेट विकास बैंकका लगानीकर्ताले लगानीकर्ताले ७.८४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले ७.७८ प्रतिशतका दरले गुमाएका छन् भने मुक्तिनाथ म्युचुअल फन्डका लगानीकर्ताले ४.४० प्रतिशतका दरले गुमाएका छन् ।



















