Dhulikhel Eco Banner new

नेशनल लाईफका ग्राहकलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलमा मेडिकल जाँचमा छुट

572
shares

काठमाडौं, ९ वैशाख । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्बन्धी सम्झौता भएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार, नेशनल लाईफका बीमालेख खरिद गर्न चाहने प्रस्तावकले आवश्यक पर्ने मेडिकल जाँच सेवा सहुलियत दरमा छिटो र सहज रूपमा प्राप्त गर्नेछन्। साथै, कम्पनीका कर्मचारीहरूले पनि स्वास्थ्योपचार सेवामा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

कम्पनीले यस सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास लिएको छ।