सामान्य अंकले घट्यो शेयर बजार, कारोवार रकम बढ्यो
वि.सं.२०८३ वैशाख ९ बुधवार १५:०९
shares

काठमाडौं, ९ वैशाख । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.९५ अंकले घटेर २,८०४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ८१ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा पाल्पा सिमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी होटल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.७५ प्रतिशतका दरले गुमाएका छन् ।



















