Dhulikhel Eco Banner new

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर

1.65K
shares

काठमाडौं, ७ साउन । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै मार्केटिङ र क्लेम विभागमा ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले गण्डकी प्रदेश प्रमुखको लागि एक जना, काठमाडौं उपत्यका र बाहिरका लागि एसिस्टेन्ट म्यानेजर केही जना, सिनियर अफिसर, अफिसर, जे आर अफिसर, तथा एसिस्टेन्ट पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेदवारले कम्पनीले उल्लेख गरेका सम्पूर्ण योग्यता पुगेको अवस्थामा कम्पनीको आधिकारीक वेबसाइट मार्फत आवश्यक विवरण समावेश गरी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।