रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति
वि.सं.२०८२ साउन ९ शुक्रवार १६:४९
shares

काठमाडौं, ९ साउन । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। धितोपत्र बोर्ड ९सेबोन० बाट अनुमति प्राप्त भएसँगै कम्पनीले हालको चुक्तापुँजीको आधारमा १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न सक्ने भएको हो।
कम्पनीको हालको चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको छ। सोही आधारमा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ७० लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ, जसको कुल मूल्य ७० करोड रुपैयाँ हुन्छ।
यस हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी दोब्बर हुनेछ। हकप्रद शेयर हालका शेयरधनीलाई मात्र उपलब्ध हुने भएकाले शेयरधनीले तोकिएको अवधिभित्र आवेदन दिनुपर्नेछ।

















