Dhulikhel Eco Banner new

बैंकिङ कसुरका फरार अभियुक्त श्रेष्ठ पक्राउ

2.89K
shares

काठमाडौं, ९ साउन । बैंकिङ कसुर मुद्दामा फरार रहेका रत्नबहादुर श्रेष्ठ पक्राउ परेका छन्। सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–२ का ४६ वर्षीय श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार नागार्जुनको रानिवन क्षेत्रबाट पक्राउ गरेको हो।

श्रेष्ठविरुद्ध साउन ७ गते चितवन जिल्ला अदालतले बैंकिङ कसुर सम्बन्धी पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका श्रेष्ठविरुद्ध बैंकिङ कसुरका अन्य पाँचवटा मुद्दामा पनि फरार रहेको पाइएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरमा तीनवटा, महाराजगञ्ज प्रहरी वृत्तमा एकवटा, र ललितपुरमा एकवटा गरी कुल पाँचवटा अलग–अलग मुद्दामा उनी फरार रहेका थिए। प्रहरीका अनुसार उनीविरुद्धको अनुसन्धान थप अघि बढाएको छ।