Dhulikhel Eco Banner new

बीमा प्राधिकरणले साबिकको निर्देशिका खारेज गर्दै नयाँ निर्देशिका लागू

2.67K
shares

काठमाडौं, १२ साउन । नेपाल बीमा प्राधिकरणले नयाँ ‘जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ जारी गरेको छ। साउन १ गतेदेखि लागू हुने गरी साबिकको निर्देशिका खारेज गर्दै प्राधिकरणले नयाँ निर्देशिका सार्वजनिक गरेको हो।

नयाँ व्यवस्थाअनुसार बीमा कम्पनीहरूले जोखिम मूल्यांकनका लागि अब स्ट्रेस अप्रोच र फ्याक्टर बेस अप्रोच गरी दुईवटा विधि अपनाउनु पर्नेछ। साथै, बीमकले प्राधिकरणलाई उपलब्ध गराउनु पर्ने विवरणको ढाँचा पनि परिमार्जन गरिएको छ।

प्राधिकरणले बीमा कम्पनीहरूको जोखिम मूल्यांकन, पुँजी व्यवस्थापन र शासन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिष्कृत गर्ने उद्देश्यसहित यो निर्देशिका ल्याएको बताएको छ।

जीवन बीमामा मृत्युदर, दीर्घायु, रोग वा अपाङ्गताको जोखिम समेटिनेछ भने नन(लाइफ बीमामा मोटर, आगलागी, कृषि तथा स्वास्थ्य बीमामा बढी दाबी हुने जोखिमलाई समावेश गरिएको छ। साथै, भूकम्प, बाढी, पहिरो, हावाहुरीजस्ता क्याटस्ट्रोफिक जोखिमहरू पनि मूल्याङ्कनमा समेटिनेछन्।