समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ साउन १३ मंगलवार १२:०४
2.77K
shares
shares

काठमाडौं, १३ साउन । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी ४ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यका कागजात सहित बनेपामा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
तोकिएको म्यादभित्र निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

















