Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.74K
shares

काठमाडौं, १३ साउन । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.४९ अंकले बढेर ३००१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १८ अर्ब ५२ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा मुक्तिनाथ कृषी कम्पनी, ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, नाडेप लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने नेपाल वेयरहाउसका लगानीकर्ताले ८.०६ प्रतिशतका दरले कमाएका छन् ।