Dhulikhel Eco Banner new

५३०० मिटर उचाइमा पुग्दै होण्डा डिओ १२५ स्कूटरको कीर्तिमान

2.21K
shares

काठमाडौं, १५ साउन । नेपालको मोटरसाइकल तथा स्कूटर इतिहासमा पहिलोपटक होण्डा डिओ १२ स्कूटरले ५३०० मिटरको उचाइ चुम्न सफल भएको छ। उपल्लो डोल्पाको ज्याङला पास सम्मको यो कठिन तथा साहसिक यात्रा होण्डा डिओ १२५ स्कूटरमार्फत सम्पन्न भएको हो।

यो कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. को सहकार्यमा सफल बनाएको हो। कम्पनीका अनुसार शहरी प्रयोगका लागि बनाइएको स्कूटरले हिमाली क्षेत्रसम्मको यात्रा सफलतापूर्वक पूरा गर्नु नेपाली मोटर यात्राको दायरालाई पुनः परिभाषित गर्ने उपलब्धि बनेको छ।

काठमाडौंबाट सुरु भएको यो यात्रा जोमसोम, भेरेन, धो तराप हुँदै ज्याङला पाससम्म पुगेको थियो। यात्रा अवधिभर ढुंगे बाटो, खोला पार, बगर, चर्को उकालो र अक्सिजनको न्यूनता जस्ता चुनौतीहरूको सामना गर्दै स्कूटरले कुनै ठूलो यान्त्रिक समस्या बिना यात्रा पूरा गरेको टोलीले जनाएको छ।

कम्पनीले यो सफलता होण्डा डिओ १२५ मा रहेको अत्याधुनिक प्रविधिहरूको परिणाम भएको बताएको छ। स्कूटरमा १२३.९२ सीसी बीएस सिक्स इन्जिन, ईएसपी, साइलेन्ट स्टार्ट विथ एसीजी, आईडलिङ स्टप प्रणाली, र कम्बाइन्ड ब्रेकिङ सिस्टम लगायत प्रविधिहरू छन्। साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्रीस्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट, र ठूलो बुट स्पेस जस्ता फिचरहरूले लामो दूरीको यात्रा सहज बनाएको टोलीको भनाइ छ।

नेपाल एट्ठ वन्डर टोलीका अनुसार यो यात्रा केवल स्कूटरको क्षमता परीक्षण मात्र नभई, ‘सही सोच, समर्पित टोली र विश्वासिलो सवारी भएमा कुनै पनि दुर्गम गन्तव्य असम्भव छैन’ भन्ने प्रेरणादायी सन्देश पनि हो। टोलीले यो यात्रालाई नेपाली मोटरिंग इतिहासको एक प्रेरक अध्यायको रूपमा व्याख्या गरेको छ।

नेपालमा ५७ वर्षदेखि जापानी ब्रान्ड होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा।लि। ले यो सफलतालाई नेपाली भूगोल, साहसिकता र होण्डाको विश्वस्त इन्जिनियरिङको अद्भुत संयोजनका रूपमा लिएको छ। कम्पनीले आगामी दिनमा पनि नेपाली सडक, मौसम र यात्राको आवश्यकताअनुसार गुणस्तरीय सवारी साधन उपलब्ध गराइरहने प्रतिबद्धता व्यक्त गरेको छ।