Dhulikhel Eco Banner new

शेयर बजारमा १९८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.03K
shares

काठमाडौं, १५ साउन । बिहीवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३१.५० अंकले घटेर २,९१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १५ अर्ब ९८ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.१० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन माइखोला हाइड्रोपावरका लगानीकर्ताले ५.७० प्रतिशतका दरले गुमाएका छन् भने अपर सोलु हाइड्रोका लगानकिर्ताले ४.९४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ४.८१ प्रतिशतका दरले गुमाएका छन् भने पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ४.२१ प्रतिशतका दरले गुमाएका छन् ।