Dhulikhel Eco Banner new

स्वस्तिक लघुवित्तको पहिलो चरणको आईपीओ बाँडफाँड

1.53K
shares

काठमाडौं, १६ साउन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको पहिलो चरणको आईपीओ बाँडफाँड गरेको छ। शुक्रबार बिहान बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आईपीओको बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो।

कम्पनीको यस चरणको आईपीओमा ६७ हजार ३ सय २९ जना आवेदकले कुल १० लाख ३७ हजार १ सय ३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। मागभन्दा धेरै आवेदन परेपछि बाँडफाँड गोलाप्रथाबाट गरिएको हो।

गोलाप्रथाबाट २ हजार ३ सय १० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँडको नतिजा केहि समयपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।