Dhulikhel Eco Banner new

भारी अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

2.83K
shares

काठमाडौं, १८ साउन । आइतवार शेयर बजार भारी अंकले घटेको छ । शेयर बजार ६३.७३ अंकले घटेर २,८५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १३ अर्ब ०७ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा ट्रेड टावर र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले ४.५५ प्रतिशतका दरले कमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले ३.८६ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, लुम्बिनी विकास बैंकका लगानीकर्ताले २.५० प्रतिशतका दरले कमाएका छन् ।