Dhulikhel Eco Banner new

महालक्ष्मी लाईफले दियो “साइन्स अफ सेल्स“ सम्बन्धी प्रशिक्षण

9K
shares

काठमाडौं, ६ असार । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आषाढ ४ गते काठमाण्डौमा “साइन्स अफ सेल्स“ सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती प्रदेश अन्तर्गतका शाखा ÷उपशाखाको अभिकर्ताहरुलाई बिक्री कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले मित्रपार्क स्थित गोल्डेन लाईट पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखा÷उपशाखा प्रमुख र प्रधान कार्यालयका उच्च पदस्थ अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सहभागिहरुको स्वागत गर्दै कार्यक्रमको महत्व माथि प्रकाश पारे । लाईफ चेन्जर मोटिभेसनल प्रशिक्षक राजावाबु साहले जीवन बीमामा संभावित वीमितको पहिचान, उनीहहरुसँग गरिने व्यवहार, बिक्री कार्यलाई सफल कार्यान्वयन गर्ने बारेमा प्रशिक्षण दिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल अभिकर्ता हुन र बीमा व्यवसाय प्रबर्द्धन गर्न चाल्नु पर्ने कदम बारेमा प्रशिक्षण दिएका थिए ।

बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल, प्रशान्तराज धमला र प्रबन्धक सिताराम धिमालको समेत उपस्थिति रहेको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरे । कार्यक्रमको संचालन कम्पनीका वागमती क्षेत्रिय प्रमुख राम प्रसाद भुसालले गरेका थिए ।