Dhulikhel Eco Banner new

प्रचण्डकी नातिनी सिधै अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य

4.72K
shares

काठमाडौं, ६ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी सृष्टि दाहाललाई अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । क्रान्तिकारीको कुनै पनि कमिटिमा नरहेकी दाहाललाई प्रचण्डकी नातिनी भएकै कारण केन्द्रीय कमिटिमा मनोनित गरिएको हो ।

परिवार र नाताबादमा रमाएको आरोप खेप्दै आएका प्रचण्डलाई यो घटनाले त्यसमा थप मलजल गरेको छ । लामो समयदेखि पार्टीमा काम गरेकाहरुलाई कुनै पनि स्थान नदिने र नाता पर्नेहरुलाई सिधै केन्द्रमा ल्याउँदा आम रुपमा नकारात्मक सन्देश गएको छ ।