Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.63K
shares

काठमाडौं, २७ साउन । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २६.२२ अंकले घटेर २,७९६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ६ अर्ब ९१ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सिटी होटल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन समाज लघुवित्तका लगानीकर्ताले ४.३४ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन बैंक लिमिटेड बन्ड, २०८६का लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी १०.३५ प्रतिशत कृषि बैंक ऋणपत्र २०८३का लगानीकर्ताले ३.६९ प्रतिशतका दरले कमाएका छन् भने १० प्रतिशत प्रभु बैंक ऋणपत्र २०८४का लगानीकर्ताले ३.२५ प्रतिशतका दरले कमाएका छन् ।