Dhulikhel Eco Banner new

शेयर बजारमा २२५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.78K
shares

काठमाडौं, २७ साउन । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २६.२२ अंकले घटेर २,७९६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ६ अर्ब ९१ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सिकलेस हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्म िलघुवित्तका लगानीकर्ताले ६.१४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, गरिमा समद्धि योजनाका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले गुमाएका छन् भने नाडेप लघुवित्तका लगानीकर्ताले ५.०३ प्रतिशतका दरले गुमाएका छन् ।