Dhulikhel Eco Banner new

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.96K
shares

काठमाडौं, १ भदौ । स्थानिय बजारमा आइतवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ७ सयले घटेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार प्रतितोला १ लाख ९६ हजार २ सयमा कारोबार भएको सुनको मुल्य आइतवार ७ सयले घटेर प्रतितोला १ लाख ९५ हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । शुक्रवार २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार घटेर २ हजार ३१० रुपैयाँ कायम भएको छ।