Dhulikhel Eco Banner new

चार कम्पनीका २ लाख ६५ हजार ७२० कित्ता संस्थापक शेयर लिलामीमा, भदौ २४ गतेसम्म आवेदन दिन सकिने

1.91K
shares

काठमाडौं, ४ भदौ । विभिन्न चार कम्पनीले कूल २ लाख ६५ हजार ७२० कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएका छन्। यी संस्थापक शेयरहरू फरक–फरक दरमा लिलामी प्रक्रियामार्फत विक्रीमा ल्याइएका हुन्।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ हजार ३१५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्रीमा ल्याएको छ। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ७२ हजार ३७२ कित्ता शेयर प्रतिकित्ता ३०० रुपैयाँमा लिलामीमा राखेको छ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार ९६८ कित्ता शेयर प्रतिकित्ता ३३० रुपैयाँमा र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता शेयर प्रतिकित्ता ३७५ रुपैयाँमा बिक्रीमा ल्याएका छन्।

लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम कित्ता तोकिएअनुसार आवेदन दिनुपर्नेछ। मेरो माइक्रोफाइनान्स र स्वावलम्बन लघुवित्तको कम्तीमा ५ हजार कित्ता, कालिका लघुवित्तको कम्तीमा १ हजार कित्ता र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हकमा सम्पूर्ण १ हजार ३१५ कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा १० जनाभित्र बाँडफाँड हुने गरी वा सम्पूर्ण कित्ताका लागि समेत बोलपत्र पेश गर्न सकिने व्यवस्था गरिएको छ।

शेयर खरिदका लागि संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्था सबैले बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र फाराम काठमाडौंको नक्साल, नारायणचौरस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न सकिनेछ। बोलपत्र पेश गर्ने अन्तिम म्याद भदौ २४ गतेसम्म रहेको छ।