सीजी मेरिडिया कराओके क्यूएलईडी टेलिभिजन नाडा अटो शो २०८२ मा प्रदर्शित
वि.सं.२०८२ भदौ ६ शुक्रवार १३:५४
shares

काठमाडौं, ६ भदौ । नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले नाडा अटो शो २०८२ मा सहभागिता जनाउँदै नेपालकै पहिलो कराओके क्यूएलईडी टेलिभिजन सार्वजनिक गरेको छ। सीजी मेरिडिया कराओके क्यूएलईडी टेलिभिजन ५५ इन्चको रहेको छ र यसले घरमै गीत गाउने रमाइलो अनुभव दिने उद्देश्य बोकेको छ।
नाडा अटो शोमा पहिलोपटक कुनै नेपाली इलेक्ट्रोनिक्स कम्पनीले आफ्ना उत्पादनको प्रदर्शनी गरेको हो । यो प्रयासले अटो शोको सीमालाई विस्तार गर्दै इलेक्ट्रोनिक्स र मनोरञ्जन क्षेत्रको सहभागितालाई नयाँ दिशा दिएको छ।
सीजीले प्रदर्शनी स्थलमा स्थापना गरेको कराओके अनुभव क्षेत्र निकै लोकप्रिय बनेको छ। दर्शकहरूले आफ्ना मनपर्ने गीतहरू गाएर टेलिभिजनको प्रविधि अनुभव गरिरहेका छन्। उत्कृष्ट प्रदर्शन गर्ने गायक तथा गायिकालाई सीजीले विशेष उपहारहरू प्रदान गरिरहेको छ।
दर्शकहरूले टेलिभिजनको ध्वनि गुणस्तर, दृश्य प्रभाव र कराओके प्रणालीको खुलेर प्रशंसा गरिरहेका छन्। यो अनुभवले प्रदर्शनीलाई रमाइलो र अन्तरक्रियात्मक बनाएको छ। सीजी इलेक्ट्रोनिक्सका प्रवक्ताले यो टेलिभिजन केवल उपकरण नभई संगीतमार्फत परिवार, साथी र समुदायलाई जोड्ने माध्यम भएको बताए।
टेलिभिजनमा क्यूएलईडी ४के पर्दा, सिनेमा जस्तै ध्वनि प्रणाली, स्वर प्रभावसहितको कराओके इन्टरफेस, स्मार्ट प्रविधि र गेम मोड जस्ता सुविधाहरू छन्। यसमा दुईवटा युएसबी पोर्ट, तीनवटा एचडिएमआई, युगल(तरङ्ग वाइफाइ र ब्लुटुथ सुविधा पनि समावेश गरिएको छ।
सीजी इलेक्ट्रोनिक्सले विगत पाँच दशकदेखि नेपाली उपभोक्तालाई भरपर्दो र गुणस्तरीय प्रविधि प्रदान गर्दै आएको छ। चौधरी समूहअन्तर्गतको यो कम्पनी देशभर फैलिएको शोरूम नेटवर्क र उत्कृष्ट ग्राहक सेवामार्फत अग्रणी ब्रान्डको रूपमा स्थापित छ। सीजी मेरिडिया ब्रान्डले विश्वस्तरीय प्रविधि र अनुभव नेपाली बजारमा उपलब्ध गराउने लक्ष्य राखेको छ। यस कराओके टेलिभिजनले घरमै अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
टेलिभिजनको मूल्य एक लाख पाँच हजार नौ सय नब्बे रुपैयाँ तोकिएको छ। यो टेलिभिजन सीजी डिजिटल शोरूम तथा अधिकृत विक्रेताहरूबाट खरिद गर्न सकिन्छ। नाडा अटो शो २०८२ मा सीजीको स्टलमा गएर गीत गाउँन सकिने, रमाइलो गर्न सकिने र उपहार जित्ने अवसर पाइनेछ। सीजी मेरिडिया कराओके क्यूएलईडी टेलिभिजनको अनुभव लिन हजारौँ दर्शकहरू दैनिकजसो उपस्थित भइरहेका छन्।
















