Dhulikhel Eco Banner new

पिपुल्स पावरको अवितरित हकप्रद शेयर लिलाममा बिक्री खुला

2.5K
shares

काठमाडौं, ८ भदौ । पिपुल्स पावर लिमिटेडले बाँकी रहेको ३ लाख ९१ हजार ७७९ कित्ता हकप्रद शेयर लिलाममार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले यसअघि असार २२ गतेदेखि साउन २६ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको थियो ।

लिलामका लागि तोकिएको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। इच्छुक लगानीकर्ताहरूले कम्तीमा १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने आवश्यक परेमा सम्पूर्ण कित्ता खरिदका लागि समेत प्रस्ताव राख्न सकिनेछ।

लिलामी आवेदन भदौ १५ गतेदेखि सुरु भई भदौ २२ गतेसम्म दिन सकिनेछ। यसमा सर्वसाधारण, संस्थापक, संघसंस्थालगायत इच्छुक सबैले भाग लिन सक्नेछन्।

बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड तथा प्रभु बैंकका विराटनगर, वीरगंज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूमा उपलब्ध हुने जानकारी दिइएको छ।

लिलामी शेयर खरिद गर्न चाहने लगानीकर्ताहरूले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित बोलपत्र पेश गर्नु पर्नेछ।