Dhulikhel Eco Banner new

बुङ्गल हाइड्रोपावरको आईपीओ भदौ १६ देखि खुल्ने

1.53K
shares

काठमाडौं, ८ भदौ । बुङ्गल हाइड्रो लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको हो।

यसअघि कम्पनीले पहिलो चरणमा ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँड सम्पन्न गरिसकेको छ। अब कम्पनीले बाँकी शेयरमध्ये १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

सर्वसाधारणले यस आईपीओमा कम्तीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। यसअनुसार, न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म लगानी गर्न सकिनेछ। आईपीओमा आवेदन दिने मिति भदौ १६ गतेदेखि सुरु भई भदौ १९ गतेसम्म खुला रहनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँड प्रक्रिया हिमालयन क्यापिटल लिमिटेडले व्यवस्थापन गर्नेछ। इच्छुक लगानीकर्ताहरूले मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।