Dhulikhel Eco Banner new

सागर डिष्टिलरीको वैदेशिक रोजगारीतर्फको आईपीओ बाँडफाँड

1.61K
shares

काठमाडौं, ६ भदौ । सागर डिष्टिलरी लिमिटेडले नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड भएको छ।

कम्पनीले साउन २८ गतेदेखि भदौ १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ४५ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार, सो अवधिमा रीतपूर्वक आवेदन दिएका १४ हजार ५२० जना आवेदकलाई १०/१० कित्ताका दरले शेयर वितरण गरिएको हो।

आईपीओ बाँडफाँडको प्रक्रिया भदौ ६ गते शुक्रबार सम्पन्न गरिएको र बाँडफाँडको नतिजा अनलाइनमार्फत सार्वजनिक भइसकेको क्यापिटलले जानकारी दिएको छ। अब लगानीकर्ताहरूले आफ्नो आवेदन विवरणअनुसार सीडीएससीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट वा सम्बन्धित क्यापिटल कार्यालयमार्फत बाँडफाँड नतिजा हेर्न सक्नेछन्।

बाँडफाँड सम्पन्न भएसँगै अब शेयर वितरण, प्रमाणपत्र पठाउने र नपाएका लगानीकर्तालाई आवेदन रकम फिर्ता गर्ने प्रक्रिया सुरु हुनेछ।