Dhulikhel Eco Banner new

शेयर बजारमा १९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.02K
shares

काठमाडौं, ११ भदौ । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५३.०१ अंकले बढेर २,८२२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ६८ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ५.७९ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन १०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६का लगानीकर्ताले ५.७१ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ४.२९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ३.०५ प्रतिशतका दरले गुमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले २.०७ प्रतिशतका दरले गुमाएका छन् ।