Dhulikhel Eco Banner new

नेपाल फाइनान्सको संस्थापक शेयर लिलाममार्फत बिक्री खुला, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

2.37K
shares

काठमाडौं, १२ भदौ । नेपाल फाइनान्स लिमिटेडले अवितरित ७ लाख ९४ हजार ९७१.१८७ कित्ता संस्थापक शेयर लिलाम मार्फत बिक्री खुला गरेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य तोकेर लिलाम बढाबढ प्रणालीमार्फत बिक्री खुला गरेको हो।

उक्त लिलामीमा संस्थापक, सर्वसाधारण लगायत इच्छुक जो–कोहीले आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १ हजार कित्ता माग गर्नुपर्नेछ भने अधिकतममा १० ले नबाँकी रहने अंकमा वा सम्पूर्ण कित्ताका लागि समेत आवेदन दिन सकिनेछ।

आवेदन दिने समयसीमा भदौ १२ गतेदेखि भदौ २६ गतेसम्म तोकिएको छ। आवेदन फारम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयहरू तथा प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूमा उपलब्ध हुनेछ।