Dhulikhel Eco Banner new

अनसनरत कोइराला अस्पताल भर्ना, स्वास्थ्यमा देखियो जटिल समस्या

4.47K
shares

काठमाडौं, ७ असार । पुँजी बजारमा देखिएका समस्या समाधानको माग राखेर ७ दिन देखि अनसनरत तिलक कोइरालालाई अस्पताल भर्ना गरिएको छ ।

पुँजी बजार सुधारका लागि १९ बुँदे माग राखेर अनसनमा बसेका कोइरालाको स्वास्थ्य अवस्था गम्भिर भए पछि पाटन अस्पताल भर्ना गरिएको हो ।

कोइरालाले माग पुरा नभएसम्म अनसन नतोड्ने बताउँदै आएका छन् । अवस्था गम्भिर भए पनि सरोकारवाला निकाय बेखबर रहेको आरोप लगानीकर्ताहरुको छ ।

लगानीकर्ताहरुले यो अवस्थाबाट कुनै जटिल समस्या आएमा यसको जिम्मेवार नियामक निकाय हुनु पर्ने बताएका छन् ।