Dhulikhel Eco Banner new

तिलक कोइरालाको भावुक मन्तव्य : शेयर बजार बढाउनका लागि अनसन बसेको होइन

7.63K
shares

काठमाडौ, ७ असार । पुँजी बजारमा देखिएका समस्या समाधानको माग गर्दै आमरण अनसनमा बसेका तिलक कोइरालाले भावुक हुँदै शेयरको मूल्य बढाउनका लागि आफू अनसनमा नबसको बताउका छन् । सोमबार अनसन स्थलमा पुगेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा एमालेका प्रमुख सचेतक विशाल भट्टराइका सामु कोइरालाले निकै भावुक भएर यस्तो मन्तव्य व्यक्त गरेका हुन् ।

शेयर बजार घट्दा र बढ्दा कसैको टाउनको दुखाइ हुन नहुने भन्दै कोइरालाले यसमा कसैले चित्तदुखाउन नहुने बताए । बजारमा देखिएका नीतिगत समस्या समाधानका लागि आवाज उठाइदिनका लागि उनले नेताहरु समक्ष आग्रह गरे ।

स्वास्थ्य अवस्था नाजुक बन्दै गएको तथा मसिनो स्वरमा उनलाई भेट्न गएका नेताहरुलाई उनले यो एक जनाको मात्रै नभएर ५२ लाख लगानीकर्ताको आवाज भएको सुनाए । ज्यानको माया छैन, माग पुरा नभएसम्म मर्नु परे पनि अनसन नतोड्ने उनको भनाइ थियो ।

कम्युनिष्ट नेताका कारण पँजीबजारमा समस्या सिर्जना भएको भन्दै एमालले त्यसलाई सुधार गर्नका लागि उनले प्रमुख सचतेक विशाल भट्टराईलाई सुनाए । अन्य कम्युनिष्ट पार्टीले शेयर बजारका विषयमा केही नरम भएको भन्दै एमालेले पनि यसमा पुनःविचार गर्नु पर्ने उनले बताए ।

त्यस्तै प्रवक्ता ज्ञानेन्द्र शाही सहित पुगेका राजेन्द्र लिङ्देनलाई भने कोइरालाले पार्टी गतभन्दा पनि जसले लगानीकर्ताको मागमा अग्रसरता लिन्छ उसैलाई सहयोग गर्ने बताए । सो अवसरमा लिङ्देनले पुँजी बजार समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नु पर्ने बताए । एमाले सचेतक भट्टराईले अहिले पार्टी सरकारमा नरहेकाले समाधान गर्ने ठाउँमा नरहेको भन्दै संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो माग शेयर बजार घटबढ्का लागि नभएर समग्र समस्या समाधानका लागि रहेको भन्दै कोइरालाले माग पुरा गराउने पहल गरिदिनका लागि आग्रह गरेका थिए ।