दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा गिरावट
वि.सं.२०८२ भदौ १६ सोमवार १५:३२
shares

काठमाडौं, १६ भदौ । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १२.०३ अंकले बढेर २७६२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०६ कम्पनीको शेयर मूल्य घटेको छ र २ कम्पनीको शेयर स्थिर रहेको छ । यसदिन ५ अर्ब १० करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा हिमस्टार उर्जा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ७.०७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, उन्नति सहकार्य लघुवित्त का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.६८ प्रतिशतका दरले गुमाएका हुन् ।

















