Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.37K
shares

काठमाडौं, १६ भदौ । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १२.०३ अंकले बढेर २७६२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०६ कम्पनीको शेयर मूल्य घटेको छ र २ कम्पनीको शेयर स्थिर रहेको छ । यसदिन ५ अर्ब १० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा हिमस्टार उर्जा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ७.०७ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन स्टयाण्डर्ट चाटर्डका लगानीकर्ताले ४.०८ प्रतिशतका दरले कमाएका छन् भने १० प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८६का लगानीकर्ताले ३.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, सिद्धार्थ बैंकका लगानीकर्ताले ३.२८ प्रतिशतका दरले कमाएका छन् भने महिला लघुवित्तका लगानीर्ताले ३.२१ प्रतिशतका दरले कमाएका छन् ।