Dhulikhel Eco Banner new

शेयर बजारमा १०६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.85K
shares

काठमाडौं, १६ भदौ । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १२.०३ अंकले बढेर २७६२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०६ कम्पनीको शेयर मूल्य घटेको छ र २ कम्पनीको शेयर स्थिर रहेको छ । यसदिन ५ अर्ब १० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा उन्नति सहकार्य लघुवित्त का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.६८ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन विकास हाइड्रोपावरका लगानीकर्ताले ४.८८ प्रतिशतका दरले गुमाएका छन् भने पियोर इनर्जीका लगानीकर्ताले ४.७१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी पिपुल्स पावरका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले ३.३४ प्रतिशतका दरले गुमाएका छन् ।