Dhulikhel Eco Banner new

सीजी इलेक्ट्रोनिक्सको चाडपर्व विशेष योजना

1.81K
shares

काठमाडौं, १९ भदौ । नेपाल नेपालीहरूको महान चाड दशैं, तिहार र छठपर्वको अवसरमा, देशकै अग्रणी र विश्वासिलो ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत ग्राहकहरूले अत्याधुनिक सिजी तथा सिजी मेरिडीया सिकनेचर सिरिज का उत्पादनहरूमा रु १,८१,९०० सम्मको आकर्षक क्यासब्याक, विशेष उपहारहरू तथा बहुपक्षीय सुविधा प्राप्त गर्न सक्नेछन् । माइक्रोवेभ ओभन  निःशुल्क कुकिङ किट सेमी अटोमेटिक र टप लोड वाशिङ मेसिन एरियल ३ केजी निःशुल्क फ्रन्ट लोड वाशिङ मेसिन एरियल ६ केजी निःशुल्क डिस्वाशर  निःशुल्क डिस्वाशर वाशिङ ट्याब्लेट एयर कन्डिसनर निःशुल्क इन्स्टलेसन सेवा अफरहरु रहेका छन् । थप सुविधाहरु ९ महिनाको सब्सक्रिप्सन निःशुल्क ४३ इन्च र त्यसभन्दा माथिका टिभीको खरिदमा पुराना उपकरणको उचित मूल्यमा एक्सचेन्ज सुविधा सजिलै सुविधा नागरिकता भएमा शर्तहरू लागु हुनेछन् ।

कम्पनी प्रतिनिधिको भनाइ अनुसार “दशैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुशी र समृद्धिको पहिचान हो। यसै भावनालाई आत्मसात गर्दै ‘अभियान सुरु गरिएको हो, जसले नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

देशभर २० वटा आधुनिक शोरुमहरू, २५ वटा आफ्नै सेवा केन्द्रहरू तथा १५ वटा फ्रेन्चाइज सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।
यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ। यो अफर २०८२ साल भदौ १८ गतेदेखि नेपालभरिका सबै सीजी शोरुम तथा अधिकृत विक्रेताहरूमा सीमित समयको लागि उपलब्ध हुनेछ।