Dhulikhel Eco Banner new

एभरेष्ट बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने

2.65K
shares

काठमाडौं, १९ भदौ । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्तापुँजीको १४ प्रतिशत नगद (बोनस शेयरमा लाग्ने कर प्रयोजनसहित) र ६ प्रतिशत बोनस शेयर लाभांश दिने भएको हो ।

बैंकको बिहीबार अपराह्न बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको छ । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।