Dhulikhel Eco Banner new

झापा इनर्जीको आईपीओ सर्वसाधारणका लागि आवेदन खुला

2.81K
shares

काठमाडौं, २० भदौ । झापा इनर्जी लिमिटेडले शुक्रबार (भदौ १९ गते)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ(मा आवेदन खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्कासन गरेको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि शेयर वितरण गरिसकेको छ। अब सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५,००० कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। आईपीओको बिक्री व्यवस्थापन हिमालयन क्यापिटल लिमिटेडले गरिरहेको छ। आवेदन भदौ २४ गतेसम्म दिन सकिनेछ।

कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ रहेको छ। क्रेडिट रेटिङ संस्था इक्रा नेपालले झापा इनर्जीलाई ुबी माइनसु रेटिङ प्रदान गरेको छ