Dhulikhel Eco Banner new

नेपाल पुनर्बीमाको खुद नाफा ६.२ प्रतिशतले बढ्यो

3.82K
shares

काठमाडौं, २० भदौ । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा ६.२ प्रतिशतले बढेको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो नाफा ५१ करोड ५८ लाख रुपैयाँ रहेको थियो।

नाफा सामान्य रूपमा बढेपछि प्रतिशेयर आम्दानी (ईपिएस) पनि वृद्धि भएको देखिन्छ। अघिल्लो वर्ष ५.३६ रुपैयाँ रहेको ईपिएस चालु वर्ष ५.४५ रुपैयाँ पुगेको छ।

साथै, कम्पनीको खुद प्रिमियम आम्दानीमा उल्लेखनीय वृद्धि देखिएको छ। २०८०/८१ मा ५ अर्ब १५ करोड रुपैयाँ रहेको प्रिमियम आम्दानी २०८१/८२ मा बढेर ७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।