निरन्तर आकाशिँदै सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ भदौ २२ आइतवार ११:३७
2.08K
shares
shares

काठमाडौं, २२ भदौ । स्थानिय बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड बनाउदै गएको छ । आइतवार पनि सुनको मूल्य १ हजार ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला २ लाख १० हजार ४ सयमा कारोबार भएको सुनको मुल्य आइतवार १ हजार ६ सयले बढेर प्रतितोला २ लाख १२ हजारमा कायम भएको हो ।
त्यस्तै, आइतवार चाँदीको मुल्य भने १० रुपैयाँले बढेको छ । शुक्रवार २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आइतवार बढेर २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।



















