Dhulikhel Eco Banner new

धितोपत्र बोर्डका अध्यक्ष स्वदेश फर्किए, ५ बजे पत्रकार सम्मेलन गर्दै

किन पत्रकार सम्मेलन गर्दैछ बोर्ड ?

7.87K
shares

काठमाडौं, ७ असार । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल स्वदेश फर्किएका छन् । एक साता भन्दा लामो विदेश भ्रमणमा रहेका हमाल सोमबार साझ नेपाल फर्किएका हुन् ।

सेयर लगानीकर्ताहरु सडक आनदोलन गरिरहदा अध्यक्ष हमाल भने विदेश भ्रमणमा निस्किएका थिए । उनी विदेशमै रहेका बेला लगानीकर्ताका तर्फबाट भन्दै तिलक कोइराला आमरण अनसनमा बसेका छन् । कोइरालाको आमरण अनसनको सातौं दिन अध्यक्ष हमालले पत्रकार सम्मेलन गर्दैछन् ।

लगानीकर्ताका मागका विषयमा आफूले समेट्न सक्ने विषयहरु बारे धारणा सार्वजनिक गर्न भन्दै अध्यक्ष हमालले ५ बजे बोर्डकै कार्यालयमा पत्रकार बोलाएका हुन् ।